३० भाद्र २०७८, बुधबार

काठमाडौँ । नेपाल भलिबलको संघ (एनभिए) को आयोजनामा हुने राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करण असोज १० देखि १६ गते सम्म हुने भएको छ ।

नेपाल भलिबल संघले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै क्लब भलिबल प्रतियोगिताको मिती सार्वजनिक गरेको हो ।

असोज १० देखि हुने प्रतियोगितामा पुरुषतर्फ १२ टिमको सहभागिता रहनेछ भने महिलातर्फ ६ टिमको सहभागिता रहने भलिबल संघले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट पुुरुषरमहिला खेलाडीले जनही २५र२५ हजार पुरस्कार प्राप्त गर्नेछन् । दुबै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०र१० हजारका दरले पुरस्कार पाउने संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV