३० भाद्र २०७८, बुधबार

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अगाडि उभिएर भाषण गरेका उपमहासचिव घनश्याम भुसालले माधवकुमार नेपाललाई बुझाउन नसकेको बताएका छन् । बुधबार रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले नेपालले पार्टीको सामना गर्न नसकेको र दलाल पुँजीवादबारे नबुझेको बताए ।

उनले भने, ‘कमरेड माधव नेपाललाई दलाल पुजिवादका बारेमा बुझाउन सकिएन । कमरेड माधव नेपालले यो कुरा बुझ्नु पर्थ्यो। तर बुझाउन सकिएन। यो बिचमा के के भयो के के भयो। हामी यो बिचमा हामी भड्किएका हौँ ।’

नेपालले पार्टीको समस्या सामना गर्न तयार हुनुपथ्र्याे तर, त्यसो नभएको उनको भनाई छ । साथै, आगामी विधान महाधिवेशनले एमालेबाट छुट्टिएर गएका नेपालसहितका नेतालाई बुझाउने पनि उनले बताए ।

उनले भने, ‘माधवकुमार नेपाल कमरेडले यो कुरा सामान गर्न तया हुनुपर्थ्यो। तर, उहाँहरुले बुझ्नुहन्छ । व्यक्तिगत कुरा नगरौ। उहाँहरुले बुझ्नुहुने छ। आउने नेकपा एमाले विधान महाधिवेशनबाट समेटिएर, व्यवस्थित भएर आउछ । हामी माधव नेपाल कमरेड र अन्इ साथीलाई बुझ्न बाध्य बनाउँनेछौ। बुझाउछौँ । बुझ्नुहुने । धेरै परसम्म सोचौँ हैँ, हामीले परसम्म सोचेर तर्क गरौँ हैँ, बोलीबचन व्यवहार गरौँ हैँ । हामीले रिस गर्नुपर्ने कोही छैन । किनकि हामीले रिस गर्न लायक को छ अहिले ? गाली गर्न लायक को छ अहिले ? कोही पनि छैन । यदिक कही कमीकमजोरी, समस्या छन् भने हामी भित्रै हेर्छै, कमीकमजोरी सुधार्छाै र अघि बढ्छौँ ।’

अन्तमा उनले एमाले एमाले पछारिएकोले धुलो टकटक्याएर अघि बढ्ने पनि विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV