३० भाद्र २०७८, बुधबार

काठमाडौँ । नेप्से ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा अडिएको छ । कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आउन थालेको छ। बुधबार ५ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २२२ कम्पनीको सेयर कारोबार हुँदा १८ कम्पनीको मात्र मूल्य बढेको छ।

बुधबार सबै उपसमूह घटेका छन्। बाणिज्य बैंक, बीमा, बिकास बैंक, लगानी र अन्य समूह घट्द समग्र बजार फराकिलो अन्तरले घटेको हो।

प्रायः सबै सेयरहरु घट्दा मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो। त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV