३० भाद्र २०७८, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकाकै कारण होलिडेको अवस्थामा पुगेको बताएका हुन् ।

सरकारले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताउदै एमाले विभाजनमा सरकारले ध्यान दिँदै सभामुखले संसद स्थिगित गर्दा बजेट होलिडेको अवस्था आएको बताएका छन् ।

साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै उनले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताए ।

पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाङले सभामुखको भूमिका पनि विभेदकारी रहेको भन्दै सभामुख निष्पक्ष नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV