३० भाद्र २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । अल्पमतमा परेको प्रदेश १ सरकारले विश्वासको मतको प्रक्रिया शुरु गर्न असोज २२ गते प्रदेश सभाको हिउदे अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।

बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले असोज २२ गते शुक्रबारका लागि ९औं तथा हिउदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री बल बहादुर साम्सोहाङले जानकारी दिए ।

सो अधिवेशनमा प्रदेश सरकारले विश्वासको मत लिने प्रक्रिया थाल्ने मन्त्री साम्सोहाङले बताए । उनले नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेपछि संवैधानिक रुपमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभाको अधिवेशन आव्हान गर्ने निर्णय गरेको बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगको प्रतिवेदन पास गरेको मन्त्री साम्सोहाङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV