३० भाद्र २०७८, बुधबार

काठमाडौं । रुपन्देहीको लुम्बिनी फुटसललाई अल्फा विटा थिटा र लिनिङले प्रायोजन गरेको छ । पोखरामा आयोजना हुने राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिगमा सहभागिता जनाउने लुम्बिनी फुटसललाई अल्फा विटाले मुख्य प्रायोजन गरेको हो ।

यस्तै लिनिङ प्रायोजकको रुपमा जोडिएको हो । लुम्बिनी फुटसलले बुधबार काठमाडौंमा आईटी कम्पनी अल्फा विटा र खेल पोशाक उत्पादक कम्पनी लिनिङसँग सम्झौता गरेको छ ।

सम्झौतासँगै मुख्य प्रायोजक अल्फा विटाले लुम्बिनीलाई ४ लाख नगद उपलब्ध गराउने छ । लुम्बिनीले फुटसल लिगमा अल्फा विटाको लोगो अंकित जर्सी लगाउने छ । यस्तै लिनिङले लुम्बिनी फुटसललाई २ लाख बराबरको जर्सीलगायत खेल पोशाक उपलब्ध गराउने बताइएको छ ।

पोखराको बहु–उदेशीय कभर्डहलमा फुटसल लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुनेछ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ । उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV