३० भाद्र २०७८, बुधबार

काठमाडौं । ठगी गरेको आरोपमा रुसिल कटुवाललाई पक्राउ परेका छन् । धरान नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका ३२ बस्दै आएका कटुवाललाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

कटुवालमाथि जग्गा बिक्रीको नाममा ठगी गरेको आरोपमा लागेको छ । कटुवाल र धिरजकुमार दाहालले नुवाकोट तारकेश्वर गाउँपालिका(२ का उद्धवप्रसाद अधिकारीलाई मोरङ केराबारीको जग्गा बिक्रीवापत ६८ लाख ९० हजार सम्पर्कविहीन भएका प्रहरीले बताएको छ । त्यसपछि धिकारीले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका कटुवाललाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ भने फरार रहेका धिरजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV