३० भाद्र २०७८, बुधबार

पाल्पा । नेपाली कांग्रेसको तानसेन नगरपालिका वडा नं.७ को वडा कार्यालय सुन्दर गाँउको, ठाँटीमा संचालन भएको छ ।

मंगलवार नेपाली कांग्रेस तानसेन नगरपालिका वडा न.७ को कार्यालयको समुद्घाटन भएको हो । प्रमुख अतिथीको रुपमा रहनु भएका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय वीरबहादुर रानाद्धारा रिवन काटेर कार्यालयको उद्घाटन गरिएको हो ।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय वीरबहादुर रानाले नवनिर्वाचित समितिलाई बधाई दिँदै नेपाली काग्रेससको १४औं महाधिवेशनको वडा अधिवेशन सम्पन्न भएपछि वडा कार्यालय स्थापना गरेर सङ्गठनको काम चुस्त दुरुस्त बनाउने यो नेपालमै पहिलो नमुना कार्य भएको र यस प्रकारको काम सबैले सिक्नुपर्ने वताउनु भयो ।

कार्यक्रमको बीचमा नेपाली कांग्रेसको नीति तथा सिद्धान्त मन पराएर ३२ जना सोही वडाभित्रका विभिन्न ब्यक्तिहरु पार्टी प्रवेश गर्दै जिल्ला सभापतिबाट पार्टी सदस्य्ता समेत लिएको नवनिर्वाचित वडा सभापति प्रदिप खनालले ग्यालेक्सी अनलाइन मिडियालाई जानकारी दिनु भयो ।

जिल्ला स्तरिय पार्टीका नेताहरु र वडाका कार्यकर्ताको उपस्थिति रहेको सो कार्यक्रम नवनिर्वाचित वडा सभापति प्रदिप खनालको सभापतित्व, क्षेत्रीय प्रतिनिधि अशेष भट्टराईको स्वागत र सचिव विश्वनाथ पौड्यालको संचालनमा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV