३० भाद्र २०७८, बुधबार

बुटवल । तीन दिनअघि आफ्नै आठ महिने छोराको हत्या गर्ने रेनु मल्ला आफैले आत्महत्या गर्न खोजेको स्थानीयले बताएका छन् ।

आठ महिने छोरा सुरज मल्ला हत्याको आरोपमा गत शनिबार २२ वर्षीय श्रीराम मल्लाह र २० वर्षीया रेनुलाई प्रहरीले पक्राउ गरेका थियो । उनीहरुले करिब रातको एक बजे छोरा सुरजको हँसियाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक शिशुकी आमा रेनु आफैले तीन/चार महिनाअघि घरमै झुण्डिएर आत्महत्याको प्रयास गरेको गैडहवा गाउँपालिका–६ का वडा अध्यक्ष रामविलास यादवले बताए ।

उनले भने, ‘ती महिलाले तीन/चार महिनाअघि घरमै झुण्डिएर आत्महत्या गर्न लागेको बेला उनको परिवारले उद्धार गरेको थियो । छिमेकीहरुले चन्दा उठाएर भैरहवामा लगेर उपचार गरी बचाएका थिए । उनको परिवारमा के समस्य थियो भन्ने अहिलेसम्म खुलेको छैन ।’

उनीहरुको दुई वर्षअघि विवाह भएको थियो । उनको बाबु भारतीय नागरिक भएको र उनी आफ्नै देश फर्किएकाले घरमा आमा र भाइबहिनी मात्रै रहेको वडाध्यक्ष यादवको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV