३० भाद्र २०७८, बुधबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले माल्मोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले समान एक एक गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

४५औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । लास्सी नेल्सनले पेनाल्टी बक्समा पाउलो डिबालामाथि फल गरेपछि भिएआरको सहायतामा युभेन्ट्सको पेनाल्टी पाएको थियो ।

त्यस लगत्ते मोराटाले गोल गर्दै ३-० को अग्रता दिलाए । उनले डिबालाकै लामो पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको तीन गोल नै युभेन्ट्सको जितमा पर्याप्त बन्यो ।

जितसँगै ममूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV