३० भाद्र २०७८, बुधबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा ग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा चेल्सीले पिटर्सवर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको लागि बेल्जियन फरवार्ड रोमेलु लुकाकुले दास्रो हाफमा गरेको गोल नै निर्णयक गोल बन्यो ।

६९ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले कप्तान सिसर एज्पिलिक्वेटाको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल चल्सीले जित्याे ।

यो जितसँगै चेल्सीले तीन अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV