३० भाद्र २०७८, बुधबार

काठमाडौं । गाँजा बेचेको आरोपमा पक्राउ परेका राजीव काफ्लेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले काफ्लेलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत २२ गते ललितपुर घर भएका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनले सञ्चालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको  हाे ।

ब्यूरोले ‘हिप्पी हिल’ का एक जना कामदार र त्यहाँ गाँजा किन्न आएका ग्राहकलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी ऐन अनुसार अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

हिप्पी हिलमा खुलेआम गाँजा बिक्री गरेको आरोप लागेका काफ्ले पछिल्लो समय गाँजामाथिको प्रतिवन्ध हटाउनु पर्छ भनेर अभियान चलाउँदै आएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV