२९ भाद्र २०७८, मंगलवार
  • भगिश्वर लिम्बु,

तेह्रथुम । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्नो बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका–२ निवासी यमबहादुर लिम्बुको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम आज हस्तान्तरण गरेको हो ।

कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई रु.१० लाखको चेक म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका हुन् ।

ज्योति लाइफको सुरक्षित बचत जीवन बीमा योजना अन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बुको गत साउन २ गते सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । लिम्बुले रु.५ लाखको बीमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए ।

दुर्घटना बीमा अन्र्तगत बीमाङकको दोब्बर १० लाख र ५० हजार बोनस पीडित परिवारलाई प्रदान गरिएको ज्योति लाइफ कम्पनी तेह्रथुमका उप–शाखा प्रमूख ठाकुर सेनेहाङले जानकारी दिए ।

चेक हस्तान्तरण गर्दै नगर प्रमुख तुम्बाहाङफेले बीमाले मृत्युबाट फर्काउन नसकेपनि मृतक परिवारलाई राहत दिने बिचार व्यक्त गरे । कार्यक्रममा उनले अन्य बीमा कम्पनीहरु भन्दा ज्योति लाइफ आफूलाई मन पर्ने र यहि ईन्स्योरेन्ससँग सहकार्य गर्न अन्यलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV