२९ भाद्र २०७८, मंगलवार

एजेन्सी । गत हप्ता अफगानिस्तानमा तालिवानले निर्दयी पिटेका दुई पत्रकारले आफ्नो पीडा सुनाएका छन् ।

काबुलमा महिलाहरुको प्रदर्शनलाई कभर गर्ने ताकी दर्याबी र निमत नकदीलाई हिरासतमा राखिएको र कुटपिट गरिएको उनीहरुले बताए। एतिलातरोज़ अखबारमा काम गर्ने ती पत्रकारहरुको तस्वीरहरु सोशल मिडियामा भाइरल भएको थियो। उनीहरुको शरीरमा चोटका निशानहरु थिए।

ती पत्रकारहरुका अनुसार उनीहरुलाई जेल लगिएको थियो, जहाँ तालिवानका धेरै मानिसहरुले उनीहरुलाई लाठी लगाएर कडा पिटेका थिए र केहि घण्टापछि रिहा गएिको थियो ।

एक समाचार एजेन्सीको रिपोर्टले तालिवान नेतालाई उद्धृत गर्दै भनिएको छ,’ कुनै पत्रकारमाथि भएको आक्रमणको छानबिन गरिनेछ। तर, यी दुई पत्रकारको कुटपिटको सम्बन्धमा अहिलेसम्म केही अनुसन्धान भएको छ, या छैन थाहा छैन’ ।

विगत दुई दिनमा तालिवानबिरूद्ध प्रदर्शनको कभर गर्ने क्रममा कम्तीमा १४ जना पत्रकारहरुलाई हिरासतमा राखिएको र पछि रिहा गरिएको जनाइएको छ।

अफगानिस्तानको नियन्त्रण लिइसकेपछि तालिवानले आफ्नो प्रेस सम्मेलनमा लगातार अभिव्यक्ति स्वतन्त्रता र महिला अधिकारको बारेमा सकारात्मक बोलेको छ, तर उनीहरुका शब्द र कार्यमा विसंगति रहेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV