२९ भाद्र २०७८, मंगलवार

इलाम । देशभरी कोरोना संक्रमण दर घटिरहेको बेला इलाममा भने संक्रमणदर फेरी बढेको छ । इलाममा आज एकै दिन ६० जना कोरोना संक्रमित थपिएका छन् । इलाममा आज थपिएका ६० जना संगै संक्रमितको संख्या ५४३६ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा सन्दकपुर गाउँपालिकामा १२ महिला र १३ पुरुष, सूर्योदय नगरपालिकामा ६ महिला र ६ पुरुष, माई नगरपालिकामा ६ महिला र ६ पुरुष र रोङ गाउँपालिकमा ९ महिला र १ पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण १२४ जनाको मृत्यु भएको छ । इलाममा अहिले २८८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV