२९ भाद्र २०७८, मंगलवार

काठमाडौं। साताको तेस्रो दिन (मंलबार) सेयरबजार दोहोरो अंकले घटेको छ।

नेप्से सूचक १८.५४ अंकले घटेर २९२९.२९ विन्दुमा रोकिँदा ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकम घट्दा सूचक समेत दोहोरो अंकले घटेको छ। सेन्सेटिभ परिसूचक भने ३.२१ अंकले घटेर ५४५.६६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

मूल्य घट्नेमा राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ५ प्रतिशत मूल्य घटेको छ। लाइफ इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सको मूल्य ३र३ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV