२९ भाद्र २०७८, मंगलवार

काठमाडौं । ५७औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइएको छ । दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् ।

त्यस्तै दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा वेबिनार माध्यमबाट नेपाली बालसहित्यको वर्तमान अवस्था बिषयक बिचार गोष्ठी तथा प्रज्ञा बालकविता महोत्सव–२०७८ को आयोजना गरेको थियो ।

महोत्सवमा स्वदेशबाट २७ र विदेशबाट १३ जना बालबालिकाहरुले कविता बाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।

उनले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राखे । सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV