२९ भाद्र २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको खबर बाहिरिएको छ ।

तालिवान र उसका विपक्षीबीच भएको युद्धको कारण पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको बीबीसी जनाएको छ ।

उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भएको पनि जनाइएको छ । तालिवानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले फेला पारेको हो।

पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेको देख्न सकिने बताइएको छ।

उक्त भिडियोमा गोलीको आवाज सुनिन्छ र सैन्य पोसाक लगाएका एक व्यक्ति जमिनमा ढल्छन्।

भिडिओमा घटनाका बेला नजिकै रहेका एकजनाले मारिएका व्यक्ति सर्वसाधारण रहेको बताएका जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV