२९ भाद्र २०७८, मंगलवार

काठमाडौं । चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक–पटक दिएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ । मापदण्ड पूरा गरेका १५५ जना विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउदा भविष्य नै अन्यौलमा परेको प्रदर्शनमा उत्रएका विद्यार्थीहरुले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था स्पष्ट नहुँदा आफूहरुलाई इन्टर्नसीप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV