२९ भाद्र २०७८, मंगलवार

काठमाडौं ।  विनियोजन विधेयक पारित गर्दै प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जर्नादन शर्माले पेश गरेको विनियोजन विधेयक सभामुख अग्नि सापकोटाले बहुमतका साथ पारित भएको बताउँदै असोज ४ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा पनि यसअघिजस्तै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच अर्थमन्त्री शर्माले पेश गरेको विधेयक प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV