२९ भाद्र २०७८, मंगलवार

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) राष्ट्रहितमा भए मात्र स्वीकार गर्न सकिने बताउनुभएको छ ।

उहाँले नेपाल सरकारलाई एमसीसी परियोजना राष्ट्रहित अनुकूल हुने गरी शंसोधन गरेर मात्र पकृया अगाडि बढाउन भन्नुभयो ।

मंगलबार धनुषाको ढल्केवरमा पार्टीका कार्यकतासँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘एमसीसी परियोजना मात्र नभएर कुनै पनि वैदेशिक सहायता देशहितमा भएमात्र अपनाउन सकिन्छ ।’ उहाँले एमसीसी परियोजनकी उपाध्यक्ष फातिमा सुमारसँग भेटघाट तथा वार्तालाप भए नभएकोबारेमा जवाफ दिनुभएन ।

नेपालमा एमसीसी परियोजना लागू गराउन नेपालका शिर्ष नेताहरुसँग भेटघाटका लागि एमसीसीकी उपाध्यक्ष सुमार बिगत ६ दिनदेखि नेपालमा छिन् ।

मंगलबार बिहान ८ बजे जनकपुर एयरपोर्ट आइपुग्नु भएका अध्यक्ष जबरा जनकपुर, सपही, महेन्द्रनगर र ढल्केवरका कार्याकर्तासँग भेटघाटपछि पूर्व सप्तरी प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV