२८ भाद्र २०७८, सोमबार

काठमाडौँ । आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २३० रन बनाएको हो ।

अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV