२८ भाद्र २०७८, सोमबार

एजेन्सी । तालिवानले सोमबार अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दको एउटा तस्वीर ट्वीटरमा पोस्ट गरेको छ।

कतारको राजधानी दोहामा तालिबान कार्यालयका प्रवक्ता मोहम्मद नईमले यो तस्वीर पोस्ट गरेका छन्। नईमले तस्वीरको साथमा लेखे, ‘मुल्ला हसन अखुन्द, राष्ट्रपति भवनमा अफगानिस्तानको इस्लामिक इमिरेट्सका प्रधानमन्त्री।’

यो तस्वीरमा अखुन्द एक कुर्सीमा बसेको देखिन्छ । यसअघि मुल्ला हसन अखुण्डको युवावस्थाको तस्वीर मात्र जनताले देखेका थिए। यो तस्वीरमा बुढो देखिएका छन् । सन् १९९९ मा अखुन्द अफगानिस्तानका विदेश मन्त्रीको रुपमा पाकिस्तान आए र तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई भेटे।

दुबै नेताहरु न्यानोसंग हात मिलाएको तस्वीर सोशल मिडियामा आज पनि साझा गरीएको छ। यो उही मुल्ला अखुन्द हो, जसले २००१ मा बामियानमा बुद्धको मूर्ति भत्काइएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV