२८ भाद्र २०७८, सोमबार

पाल्पा । नेपाल पत्रकार महासंघ, पाल्पा शाखाले आफ्ना सबै सदस्य र कर्मचारीहरुको १० हजार बराबरको उपचार खर्च र १ लाख सम्मको निःशुल्क दुर्घटना बीमा लागू गरिदिएको छ ।

आजबा लागू हुने गरि १ जना पत्रकार बराबर १० हजार बराबरको उपचार खर्च र १ लाखको दुर्घटना बीमा लागू गरेको पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाले न्यूज २४अनलाई जानकारी दिए ।

पत्रकार महासंघ पाल्पा शाखामा ९९ जना आवद्ध सदस्यहरु छन् भने २ जना कर्मचारी रहेका छन् । महासंघले निःशुल्क रुपमा बीमा लागू गरिदिएसँगै पाल्पाली पत्रकारहरु हौसिएका छन् ।

पत्रकारहरुको छाता संगठनको रुपमा पत्रकार महासंघ पाल्पा शाखा रहदै आएको छ । सदैव पत्रकारहरुको हकहितको लागि लडिरहने र पत्रकारिता पेशालाई मर्यादित रुपमा अगाडि बढाउन महासंघ सधै अघि सर्नेसमेत महासंघका अध्यक्ष रानाले न्यूज २४अनलाइनसँगको कुराकानीमा बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV