२८ भाद्र २०७८, सोमबार

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीको हिरासतमा रही नारायणी अस्पतालबाट उपचारको क्रममा फरार भएका अभियुक्तलाई २६ घण्टा नवित्दै पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन महानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी १४ वर्षीय बालक रहेका छन् ।

यही भदौ १६ गते लागुऔषध डाइजोपाम ७ पीस, फेनारगन ७ पीस र नुर्फिन ७ पीस गरि २१ पीस लागुऔषध सहित पक्राउ परेका थिए ।

पक्राउ परेका बालकलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको अवस्थामा यही भदौ २२ गते विरामी भई उपचारको लागि सोही दिन नारायणी अस्पतालमा राखिएकोमा शौच गर्ने बहानामा भदौ २७ गते विहान ८ः३० बजेको सममया बालक फरार भएका थिए ।

फरार भएपछि खोजतास कार्यलाई तिब्रता दिएको पर्सा प्रहरीले करिब साढे २५ घण्टामा फरार भएको भोलिपल्ट अर्थात भदौ २८ गते विहान ९ः४० बजेको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट नजिकबाटै नेपालबाट भारततर्फ गइरहेको अवस्थामा निजलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

साथै थुनुवा कुरुवा ड्युटीमा खटिएका प्रहरी हवल्दार सुरेश कुमार कुशवाहालाई सार्वजनिक न्याय विरुद्धको कसुरमा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV