२८ भाद्र २०७८, सोमबार

काठमाडौं । सभामुखले सोमबार डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । संसदमा विरोध गर्ने प्रतिपक्षी दल नेकपा एमालेलाई नै सभामुखले संवादमा ल्याउन नसकेपछि बैठक निष्कर्षविहीन टुंगिएको छ ।

विशेषतः एमालेलाई बोलाइएको बैठकमा एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठकमा सत्ता साझेदार दलमात्रै सहभागी रहेका थिए । बैठकमा सत्ता साझेदार दलका नेताहरुले प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुख अग्नि सापकोटालाई सुझाव दिएका छन् ।

पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना नटाँसेको भन्दै एमालेले लगातार संसदमा नाराबाजी गर्दै आएको छ । आइतबार पनि सभामुख सापकोटाले संसद बैठकलाई अघि बढाउन आग्रह गरे पनि एमालेले नाराबाजी कायमै राखेको थियो ।

त्यसपछि २९ भदौसम्मका लागि संसद बैठक स्थगित गरेर संवादमार्फत समस्या समाधानका लागि सर्वदलीय बैठक डाकेका थिए । तर, सभामुखले डाकेको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित नै भएनन् ।

यसरी एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेबैठकमा उपस्थित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV