२८ भाद्र २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशन स्वीकार नगर्ने बताउँदै पुनः वडा अधिवेशन गर्न माग गरेको छ ।

सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने भन्दै पुनः अधिवेशनको माग गरेको छ ।

डडेल्धुरामा घटेको उक्त अधिवेशन अनियमितता र स्वेच्छाचारी प्रवृत्ति रहेको पनि बैठकको निष्कर्ष रहेको छ । साथै, अब हुने २० जिल्लामा यस्तो खालको अवस्था सिर्जना उत्पन्न हुन नदिने पनि पौडेल समूहको निचोड छ ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा पुनः वडा अधिवेशनको मागसँगै त्यसलाई स्वीकार गर्न तयार नभएको बताएका छन् । साथै, आगामी हुने महाधिवेशन निष्पक्ष गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV