२८ भाद्र २०७८, सोमबार

वीरगन्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा वीरगन्ज महानगरपालिका वडा नं. १६ बाट एक जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नंं. २ बस्ने ४३ बर्षीय महम्मद आसिफ अन्सारी रहेका छन् ।

उनलाई प्रहरीले रक्सौलबाट वीरगन्जतर्फ आइरहेको अवस्थामा वीरगन्ज स्थित शंकराचार्य गेटबाट आइतबार विहान साढे १० बजेको समयमा पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट शंकराचार्य गेटमा खटिएको प्रहरीले चेकजाँचको क्रममा अन्सारीलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना. २५ प ८७६२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा सवारी चालक अन्सारीले लगाएको हेल्मेट भित्रबाट श्रोत नखुलेको ५ लाख रुपैयाँ नगद बरामद भएको थियो । अन्सारीको साथबाट बरामद भएको ५ लाख नगदमा १ हजारको दरको २ सय थान (२ लाख) र ५ सयको दरको ६ यस थान (३ लाख) गरि ५ लाख नगद बरामद भएको हो ।

बरामद गरिएको नगद सहित अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV