२८ भाद्र २०७८, सोमबार

काठमाडौं । पछिल्लो केही दिन तेहेरो अंकमा झरेको संक्रमितको संख्या फेरि १ हजार भन्दा माथि उक्लेको छ ।

एक हजार भन्दा मुनि झरेको संक्रमितको संख्या सोमबार भने एकैपटक १४ सय छोएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा संक्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको छ । जबकि आइतबार ९ सय ११ र शनिबार ९ सय ९४ मा झरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार १ सय ४९ जना र ४ हजार ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६५ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२६० जना कोरोनामुक्त भए, १६को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५३९ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ५० हजार ५८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV