२८ भाद्र २०७८, सोमबार

म्याङ्लुङ । नेकपा एकीकृत समाजवादीको अगुवा कार्यकर्ता भेला सदरमुकाम म्याङ्लुङमा सम्पन्न भएको छ ।

अगुवा कार्यकर्ता भेलाले कृष्ण चोङबाङको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ।

कमिटीको उपाध्यक्षमा बादल सुब्बा , सचिबमा गजेन्द्र कन्दङवा, सहसचिबमा योगेन्द्र गड्तौता चयन हुनु भएको छ।

भुपतिलाल श्रेष्ठको अध्यक्ष तामा सम्पन्न भएको हो ।जिल्लामा नेकपा एकीकृत समाजबादिमा आठराई गाँउपालिका अध्यक्ष बिष्णु बिक्रम सुब्बा र मेन्छ्यायेम गाउँ पालिका वडानम्बर ५ का अध्यक्ष शिवनाथ खापुङले मात्र सनाखत गरेका छन् ।

भेलाले केन्द्रीय सदस्यमा अनुभुतिबम नेपाली ,केन्द्रीय सल्लाहकार सदस्यमा गंगाराम खनाल, प्रदेश सदस्यमा विष्णु बिक्रम सुब्बा, भुपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई र प्रदेश सल्लाहकारमा नैनसिङ सुवेदी, टीका खड्का लगायतलाई सिफारिस गरेको नवगठित समितिकाअध्यक्ष कृष्ण चोङबाङले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV