२८ भाद्र २०७८, सोमबार

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ।

पार्टीले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको सूचना प्रकाशन नगरेको भन्दै सभामुखमाथि खनिएर संसद अवरुद्ध पारेपछि सभामुखले समस्या सल्टाउन आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

तर, सर्वदलीय बैठक बहिष्कार गर्दै एमाले बैठकमा अनुपस्थित भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी रहेमा छन्।

संसदको बैठक निरन्तर अवरोध गरेपछि निकास खोज्न सभामुखले बैठक राखेका हुन् । तर, एमालेले भने कारवाही गरिएकालाई बैठकमा अनुपस्थित गराएको खण्डमा मात्र बैठक अघि बढ्न भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV