२८ भाद्र २०७८, सोमबार

एजेन्सी । अफगानिस्तानमा तालिवानले आफ्नो शासनमा छात्राका लागि नयाँ नियमको घोषणा गरेको छ । त्यहाँ महिला र पुरुषले संगै बसेर पढ्न नपाउने नियममा बनाइएको जनाइएको छ ।

अफगानिस्तानका विश्वविद्यालयहरूमा लिङ्गका आधारमा विभाजन गरिने तथा पोसाकसम्बन्धी नयाँ नियम लागु गरिने तालिवानले जनाएको छ। बीबीसीका अनुसार उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसंगै अध्ययन गर्न भने नपाउने जनाएका छन्।

हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्। सन् १९९६ देखि २००१ बीचमा तालिवान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो।

तालिवानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाए पनि गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसंगै तालिवानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV