२८ भाद्र २०७८, सोमबार

काठमाडौं ।  नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइ सर्वोच्चमा दिएको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

एमालेले तत्कालीन आफ्ना १४ सांसदहरुलाई कारवाही गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले सुचना टाँस नगरेको र उनीहरुहरुलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएको थियो ।

उक्त रिटमाथि आज सुनुवाइ हुने भएको हो । सुनुवाईका लागि उक्त रिट सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV