२८ भाद्र २०७८, सोमबार

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई सानदार जित दिलाउनको लागि फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरे । उनले एक गोलका लागि
असिस्ट पनि दिए ।

रियलको लागि भिनिसियस जुनियर र इडुआर्डो कामाभिंगाले समान एक–एक गोल थपे । कामाभिंगाको यो डेब्यु खेल हो । सेल्टाका सान्टिमिना र फ्रान्को सेर्भीको गोल सान्त्वना बन्यो ।

खेलको चौथो मिनेटमा नै गोल गर्दै सेल्टा भिगोले अग्रता लिएको थियो । सान्टी मिनाले गर्दै सेल्टाले अग्रता दिलाएका थिए । २४औं मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए ।

३१औं मिनेटमा फ्रान्को सरेर्भीले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले पछि परेको थियो । दोस्रो हाफको शुरुमै बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

५४औं मिनेटमा भिनिसियस जुयिनरले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले बेन्जेमाको पासमा गोल गरेका थिए । ७२औं मिनेटमा कामाभिंगाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल ह्याट्रिक पुरा गरेपछि रियल म्याड्रिडले ५–२ को सानदार जित निकाल्यो । भिनिसियस जुनियरलाई पेनाल्टी सेल्टाको खेलाडीले फल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी दिएको थियो ।

यो जितसँगै रियल ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV