२७ भाद्र २०७८, आईतवार

काठमाडौं । न्यूज २४ कर्मी मुकुन्द दाहाल सम्मानित हुनुभएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्चको २६औं स्थापना दिवसका अवसरमा उहाँ अग्रज खेल पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएको हो ।

उहाँले नगद पच्चीस हजार (रु.२५,०००) नगद पुरस्कार पनि पाउनुभएको छ । खेलकुद पत्रकार मञ्चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सम्मानित न्यूज २४कर्मी दाहालले पत्रकारितामा गरेको संघर्षको सम्झना गर्दै युवा पुस्ताले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो । दाहाल नेपाल खेलकुद पत्रकार मञ्चको संस्थापक सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाल पुरस्कृत हुनुभएको छ । उहाँले पच्चास हजार (५०,०००) रुपैयाँ बराबरको ल्यापटप प्राप्त गर्नुभएको छ । उहाँले पुरस्कारले पत्रकारिता यात्रा अगाडि बढाउन अझ हौसला मिलेको बताउनुभयो ।

उहाँहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देबेन्द्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV