२७ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको छ । आइतबार बैठक प्रारम्भ नहुँदै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्नि सापकोटाले संवादका लागि भनेर १५ मिनेट बैठक स्थगन गर्ने जानकारी दिएका थिए ।

१५ मिनेट बैठक स्थगित भएपछि सुचारु भएको बैठक एमाले सांसदहरुले पुनः अवरोध गरेका छन् ।

‘पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संसदीय मर्यादा कायम गर’ लगायत नाराहरु लगाउँदै सांसदहरुद्वारा संसद अवरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV