२७ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार प्रतिनिधि सभा बैठक सुरु नहुँदै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले अब संवादबाट समस्या हल गर्नुपर्ने पनि बैठकमा बताएका छन् । बैठकले थुप्रै समस्याहरु समाधान गर्नुपर्ने र विरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठ, महेश बस्नेत, शान्ता चौधरीलगायत सांसदहरुले नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV