२७ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइकले हान्ने योजना नरहेको स्पष्ट पारेका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद बैठकमा सभामुखलाई माइकले हान्ने एमालेको योजना नरहेको स्पष्ट पारेका हुन् ।

बैठकमा अध्यक्ष ओलीले भने, ‘सभामुखलाई माइकले हान्ने हाम्रो योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन।’

शुक्रबार बजेट अध्यादेश प्रतिस्थापन विद्येयक पेस गर्न बसेको संसद बैठकमा एमाले सांसदहरुले आवरोध गर्नुका साथै माइक खोसाखोस समेत भएको थियो ।

त्यसपछि संचारकर्मीहरुसँग बोल्दै एमालेकी सांसद रेखाकुमारी झाले गृहमन्त्रीको माइक खोसेर सभामुखको टाउकोमा हान्ने योजना भएको सार्वजनिक रुपमै बताएकी थिइन्। तर अध्यक्ष ओलीले आजको बैठकमा त्यो भनाइ सत्य नभएको स्पष्टिकरण दिएका हुन् ।

त्यस्तैगरी अध्यक्ष ओलीले संसदमा मर्यादित र शिष्ट तरिकाले बिरोध गर्न एमाले सांसदहरुलाई ब्रिफिङ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV