२७ भाद्र २०७८, आईतवार

काठमाडौँ । निःशुल्क र सहज संचार आदानप्रदानको लागि विश्वकै अग्रणी एपहरुमध्येको एक भाइबरले नेपालमा ‘भाइबर लेन्स’को औपचारिक सुरुआत गरेको छ ।

यही भाद्र २४ गते सम्पन्न एक भर्चुअल समारोहमार्फत भाइबरले नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ता हरुका निम्ति भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको हो ।

यो फिचर नेपाल, भियतनाम र फिलिपिन्स सहित एसिया–प्रशान्त क्षेत्रमा पहिलोपटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्नेछन् ।

यसमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन्, जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ । साथै व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने बताइएको छ ।

स्वप्न सुमन, जो भाइबरसँग पहिले पनि काम गरिसकेका हुन्, वनले अब आफ्नो नयाँ म्यूजिकल लेन्स नेपाली बजारको लागि विशेष रूपमा शुरू गर्न उत्साहित रहेको बताए । उनले भने, “भाइबरसँग मेरो यो तेस्रो ठूलो सहकार्य हो र मेरा फ्यानहरुको लागि यो फिचर भाइबरम ाल्याउन पाउँदा म अत्यन्त उत्साहित छु । वहाँहरुले मेरो भाइबर लेन्सलाई पनि हालै ल्याइएको मेरो अडियो स्टिकर प्याकलाई झैं मन पराइदिनु हुनेछ भन्नेमा निश्चिन्त छु ।”

नयाँभाइबर फिचरमा इन्सटेन्ट अग्मेन्टेद रियालिटी (एआर) समावेश गरिएको छ जसले वास्तविक वातावरणको अझ बढी अन्तरक्रियात्मक अनुभव आफ्नै औम्लामा प्रदानगर्दछ । सँगसँगै ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टरहरु हुने कम्पनीले जनाएको छ । भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरी सहजै आफ्नो फोटो तथा भिडियोहरुमा भएका लेन्सहरु प्रयोग गरी यी फिचरहरुको मज्जा लिन सक्नेछन् ।

“भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो,” एपेकका लागि भाइबरका वरिष्ठ निर्देशक डेभिड त्सेले भने, “हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नविन फिचरहरु ल्याएर भाइबरलाई अझ रमाइलो र उपयोगी बनाउन उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV