२७ भाद्र २०७८, आईतवार

काठमाडौं । अटवारी पर्वको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायमा प्रचलित अटावरी पर्वको अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको हो ।

उक्त पर्वको अवसरमा दुई जिल्लमा सार्वजनिक विदा दिनेबारे गएको वैशाख १९ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा निर्णय भएको थियो ।

गतवर्ष अटवरी पर्वको अवसरमा पूरै प्रदेशमा सार्वजनिक विदा दिइएको थियो । तर यो वर्ष भने थारु वाहुल्यता भएका जिल्ला कञ्चनपुर र कैलालीमा मात्रै सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको थियो ।

थारु समुदायले दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वको रुपमा अटवारी पर्वलाई मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV