२७ भाद्र २०७८, आईतवार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्ट्स नेपोलीसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई नेपोलीले २–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपोलीलाई जित दिलाउनको लागि माटियो पोलिटानो र कालिडोउ कोउलीवेली गोल गरे भने युभेन्ट्सको लागि अल्भारो मोराटाले गोल गरेका थिए ।

खेलेको १० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन ।

५७औं मिनेटमा पोलिटानोले गोल गर्दै खेल बराबरीमा ल्याए । ८५औं मिनेटमा कोउलीवेलीले गोल गर्दै नेपोलीलाई २–१ को पूनरागमन जित दिलाए ।

नेपोली ९ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ । पराजित युभेन्ट्स १ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV