२७ भाद्र २०७८, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा दोस्रो हाफमा बर्नाडो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । उनले ६२औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सिटी ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको लेस्टर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV