२६ भाद्र २०७८, शनिबार
  • युवराज आचार्य,

झापा । झापामा खाना पकाउने ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहिएर आगलागी हुँदा एउटै घरका तीनजना घाइते भएका छन् ।

अर्जुनधार नगरपालिकामा–७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीमा परि घरधनी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षका छोरा पंकज खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

शरीर जलेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगर स्थित नोवल मोडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

घटनाको खवर सुन्न साथ इलाका प्रहरी कार्यालय विर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा १५, प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो ।

विर्तामोड नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ साढे ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV