२६ भाद्र २०७८, शनिबार

काठमाडौं। नेपाली नारीहरुको महान पर्व तीज विश्वभर धुमधामका साथ मनाइएको छ । यसैबीच एनआरएनए एनसीसी मकाउको आयोजनामा मकाउमा रहेका नेपाली महिला दिदी बहिनीहरुले पनि धुमधामका साथ तीज पर्व मनाएका छन् ।

एनआरएनए एनसीसी मकाउका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा तीजको कार्यक्रम सम्पन्न भएको हो । मकाउको ताइपामा हिमालयन हाउसमा सम्पन्न कार्यक्रममा मकाउमा राजेगारीको शिलशिलामा रहेका दिदी बहिनी तथा दाजुभाईको उपस्थिती रहेको थियो ।

सो अवसरमा एनआरएनए एनसीसी मकाउकी पूर्व अध्यक्ष शान्ति अधिकारीले नेपालीहरु जहाँ गएपनि एक जुट हुने र दुख सुखमा एकअर्कालाई साथ दिने संस्कारको विकाश हुँदै गइरहेको भन्दै खुशी ब्यक्त गरिन् ।

नेपालीहरुको महान पर्व संसारभर मनाइरहँदा देश छाडेर प्रवासमा यसरी बसिरहँदा पनि तीज पर्वको अवसरमा सबै एकै स्थानमा भेला हुन पाउँदा खुशी लागेको बताइन् । सो अवसरमा एनआरएनए एनसीसी मकाउका महासचिव उत्तम गुरुगं, महिला संयोजक बिन्दू सुनुवार राईले पनि आ–आफ्नो धारण राखेका थिए ।

ठूलो संख्यामा नेपाली दिदी बहिनीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सामाजिक अभियन्ता दीपक थापा, गायक तथा संतीतकार तुला पर्बतको पनि उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन वाइड स्क्रिन मिडिया मार्फत सीता पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV