२६ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका छन् ।

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका हुन् ।

उनले एमालेले मुलुभर नै २०७५ जेष्ठ दुइ गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे । उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुईचार जना चोइटिएर जादैमा कुनै फरक नपर्ने जिकिर गरे ।

पोखरेलले बिभाजनमा जाने माधव नेपालको कदम दूर्भाग्य रहेको बताए । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे । कार्यक्रममा दोलखा–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV