२६ भाद्र २०७८, शनिबार

काठमाडौं । गैंडालाई उत्तानो झुन्ड्याएर गरिएको एउटा अनुसन्धानले यो वर्षको आईजी नोबेल पुरस्कार प्राप्त गरेको छ ।

गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई उक्त पुरस्कार प्रदान गरिएको बीबीसीमा उल्ख गरिएको छ।

यो पुरस्कार फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूलाई पनि यो पुरस्कार प्रदान गरिएको छ।

कोर्नल यूनिभर्सिटीका वन्यजन्तु चिकित्सक रोबिन र्‍याडक्लिफ र उनका साथीहरूले नामिबियामा गैँडालाई उत्तानो पारेर १० मिनेटसम्म झुन्डाएर अनुसन्धान गरेको जनाएको छ ।

उनीहरू खुट्टामा बाँधेर हेलिकप्टरमा उल्टो झुन्डाउँदा जनावरहरूको स्वास्थ्यमा कुनै असर पर्छ कि पर्दैन भन्ने जान्न चाहाना रहेको जनाइएको छ।

२०२१ को आईजी नोबेल विजेताहरु

जीवविज्ञानर्ः  सुसान शूचलाई मानव र बिरालोबीच सञ्चारका लागि प्रयोग हुने विभिन्न आवाजहरूको अध्ययनका लागि आईजी नोबेल पुरस्कार दिइएको छ ।

पर्यावरणः लेला सटारी र सहकर्मीहरूलाई विभिन्न देशका फुटपाथमा टाँसिएका चुइगममा भएका जीवाणुका विभिन्न प्रजाति पहिचानका लागि आनुवंशिक अध्ययनका लागि पुरस्कार प्रदान गरिएको छ ।

रसायनशास्त्रः योर्ग विकर र सहकर्मीहरूलाई सिनेमा हल भित्रको हावाको रासायनिक विश्लेषणबाट दर्शकहरूले फैलाउने दुर्गन्धले सिनेमामा देखाइने हिंसा, यौन, असामाजिक गतिविधि, लागिपदार्थ प्रयोग र अपशब्दहरूसँग सम्बन्धबारे अध्ययनका लागि

अर्थशास्त्रः पाव्लो ब्लाभास्त्सकीलाई नेताको मोटोपना त्यो देशमा हुने भ्रष्टाचारको सङ्केत भएको पत्ता लगाएबापत

चिकित्साशास्त्रः ओल्के सेम बुलुट र सहकर्मीहरूलाई कामोत्तेजनाको चरमोत्कर्ष डिकन्जेस्टन्ट औषधिजति नै नाकबाट हुने श्वासप्रश्वास सुधार्न प्रभावकारी भएको देखाएकाले

शान्तिः एथन बेसेरिस र सहकर्मीहरूलाई मानिसहरूले मुक्का प्रहारबाट अनुहार जोगाउन पाउरोटीको आविष्कार गरेको परिकल्पना परीक्षणका लागि

भौतिकशास्त्रः अलेसान्ड्रो कोर्बेटा र सहकर्मीहरूलाई पैदल यात्रीहरू एकअर्काबीच हतपत किन ठोक्किँदैनन् भन्ने परीक्षणका लागि

काइनेटिक्सः हिसाशी मुराकामी र सहकर्मीहरूलाई कहिलेकाहीँ पैदल यात्रीहरू किन एक आपसमा ठोक्किन्छन् भन्ने परीक्षणका लागि

कीटविज्ञानः जोन मुलेर्नन जुनियर र सहकर्मीहरूलाई पनडुब्बीमा साङ्ला नियन्त्रण गर्ने नयाँ अनुसन्धानका लागि

ट्रान्स्पोर्टेशनस् रोबिन र्‍याड्क्लिफ र सहकर्मीहरूलाई गैँडालाई उत्तानो पारेर हवाई ढुवानी गर्दा हुने जोखिमबारे गरेको अनुसन्धानका लागि

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV