२६ भाद्र २०७८, शनिबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेक छन् । अर्थमन्त्रालयमा भएको छलफलमा उपाध्यक्ष फतिमा सुमारले एमसीसीमा रहेका बिषयमा प्रष्ट पार्न खोजेकी थिइन् ।

एमसीसी नेपालको बिकास साझेदार मात्र भएको र यसलाई अन्यथा लिन नहुनेमा उपाध्यक्ष फतिमाको जोड रहेको अर्थमन्त्रालयले जनाएको छ । भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीका बारेमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए ।

यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाल लगाएतसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV