२६ भाद्र २०७८, शनिबार

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलको गेट अगाडि अहिले नाराबाजी चलिरहेको छ । रुपन्देहीकी सीता भण्डारी पौड्यालको मृत्यु रहस्यमयी ढंगले भएको भनिए पनि घरपरिवार, प्रहरी प्रशासन र चिकित्सक मिलेर झुण्डेर मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि मृतकका माइतीजन/आफन्तजनहरु शनिबार विरोध प्रदर्शनमा उत्रिएका छन् ।

‘प्रशासन बिक्न पाइँदैन, ‘चेली मार्न पाइँदैन, ‘अपराधीलाई छोडिन्न,’ ‘सीता हाम्रो चेली हो, चेली मार्न पाइँदैन’ भन्ने नाराका साथ उनीहरु ईलाका प्रहरी कार्यालयको गेटअगाडि चर्काे नारा लगाइरहेका छन् ।

यो पनि

तीज मान्न माइती गएकी सीतालाई अचानक घर बोलाएर किन गरियो हत्या ?

भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइत गएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरेका थिए ।

श्रीमानको बचन हार्न नसकि उनी घर आएकी थिइन् । तर, माइतीबाट घर हिँडेको भोलिपल्ट उनी ओछ्यानमै रक्ताम्य मृत्त अवस्थामा भेटिएका थिइन् ।

पछि माइतीजनले उनको हत्या श्रीमानले नै गरेको भनेर उजुरीसमेत दिएको थियो । तर, प्रहरी प्रशासनले भने श्रीमान पक्षको परिवारको दबाबमा यस घटनालाई  ढाकछोप गरेको माइती पक्षको आरोप छ ।

मृतक सीताकी श्रीमान पैसावाल र पहुँचवाल मान्छे भएकाले वास्तविक घटना लुकाएर झुण्डिएर आत्महत्याको रिपोर्ट निकालिएको माइती पक्षको आरोप छ ।

भिडियो :

भिडियो राम लिम्बूको फेसबुक पेजबाट लिइएको हो ।

LIVE TV