२६ भाद्र २०७८, शनिबार

काठमाडौं । गायक यम बरालको र गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत ‘अझ वर वर आउ’ सार्वजनिक भएको छ । भूमिका देवान राईको निर्माणमा ‘अझ वर वर आउ’ गीतको म्युजिक भिडियो तयार गरिएको हो ।

गायक यम बराल आफैले संगीतबद्ध गरेका गीतलाई गीतकार उज्वलराज भट्टराईले लेखेका हुन् । गीतलाई बलराम समालले संगीत संयोजन गरेका छन्, भने विक्रम कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र जोडर्न राजभण्डारी फिचर्ड छन् । सोनम पाख्रिनको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई बुद्ध थापाको समूहले छायांकन गरेको हो । उपत्यकाको चर्चित पर्यटकीय स्थल नगरकोटमा छायाङ्कन गरिएको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।

हिन्दू नारीहरुको प्रमुख पर्व तीजको अवसर पारेर सार्वजनिक गरिएको ‘अझ वर वर आउ’ गीतले दर्शक श्रोताहरुको मन जित्ने आशा गर्दै निर्मात्री देवानले भनिन्, ‘राम्रो गीत बनोस भनेर मन खोलेर खर्च गरेका छौं । सायद हामीले गरेको मिहेनत दर्शक तथा श्रोताले मन पराउनु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV