२६ भाद्र २०७८, शनिबार

काठमाडौं । कोटेश्वर ट्राफिक र मनोहरा सरफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख रामकृष्ण देवकोटाको संयोजनमा सरसफाइ गरिएको हो ।

सडकको चोकमा उभिएर सँधैजसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुट्दै आएका छन् ।

ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर, जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेका हुन् ।

प्रहरी निरीक्षक देवकोटाले भने, ‘हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलक देखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छौँ। कोभिडबाट सुरक्षित हुन विभिन्न चरणको अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ।’

सो समयमा तपाईंको मास्क खोई ? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो । कोटेश्वर ट्राफिकले यात्रु जनचेतना अभियान,वढि भाडा, स्ट्रिकर टास अभियान, र कोभिड -१९लाई लक्षित जनमुखी अभियान यति खेर प्रशंसनीय रहेको स्थानियहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV